काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ परेका छन् । उनलाई zपर्साको ठोरीबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले विशेष सूचनाको आधारमा मेयर सिंहलाई पक्राउ गरिएको बताए ।
अदालतले उनीहरूविरुद्ध सातदिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो। मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।


