काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज पेशी तोकिएको छ ।
उनको निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ । वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो।
गैरकानुनी थुनामा राखिएको दाबी गर्दै पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।


