काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । उनले आज पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्वु संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने र’ भनी प्रश्न गरेपछि उनले सरकारको धारणा स्पष्ट पारे । ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ । तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन । नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने ।


