काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत प्रमुख इन्जिनियर दीपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ‘स्ट्रक्चर एनालाइसिस’ स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा उनलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।
घुस लेनदेनमा मध्यस्थता गरेको आरोपमा आस्मा कार्कीलाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ । दुवैलाई थलीस्थित डाँछी कार्यालयबाट नियन्त्रणमा लिई विशेष अदालतबाट म्याद थप गरिएको छ।


