काठमाडौं । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो । प्रदेश नम्बर १ का प्रमुख सचिव रहेका विनोदप्रकाश सिंहलाई गृह सचिवमा सरुवा गरिएको छ भने नियुक्त गर्ने निर्णय गरेको छ । हाल गृह सचिव रहेका टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँ सचिव रहेका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा लगिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियारमा पठाइएको छ ।


