काठमाडौं । आज बिहानसम्म देशका अधिकांश स्थानको मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको नाएको छ।
दिउँसो गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ।
महाशाखाका अनुसार बाँकी भू–भागहरुमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ।


