काठमाडौं । लोक सेवा आयोगले उपसचिवको नतिजा सार्वजनिक गरेको छ । आयोगले न्याय, सरकारी वकिल सेवा समूह उपसचिव वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो ।
यसमा जम्मा १७ जना छनोट भएका छन् । जसमध्ये अभिराज डाँगी, छविलाल मैनाली, राजकुमार बोहरा, सर्बदा पंडित, रोशन दास बैकल्पिकमा गिरिप्रसाद आचार्य र बिष्णुहरि रेग्मी छनोट भएका छन् ।
यसैगरी कमल लामिछाने, श्रीधर टण्डन, रामबहादुर केसी बैकल्पिकमा तिलकप्रसाद चापागाई छनोट भएका छन् । रुक्मागत अर्याल, सुरेश सुवेदी, मदन मगराती बैकल्पिकमा कृष्णबहादुर धामी छनोट भएका छन् ।


