काठमाडौं । आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिन भएकोले इसाई समुदायले क्रिसमस डे मनाउँदै छन्।
बाइबलका अनुसार येशु ख्रिस्टको जन्म आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको थियो।
दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि भने यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ। नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान गरिएको छ ।


