काठमाडौं। मंगलबार बिहान त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जीप फेला परेको छ।
प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बिहान पौने पाँच बजेको समयमा बी आर ०९ जी सी १४३९ नम्बरको जीप नदीमा खसेको जानकारी दिए।
सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको छ। केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको डीएसपी थापाले जानकारी दिए।


