काठमाडौं ।सरकार र ब्यावसायीबीच सहमति भए पनि काठमाडौंमा इन्धन सहज भएको छैन । आज (सोमबार) बिहानैदेखि काठमाडौंका पेट्रोलपम्पमा लामो लाइन देखिएको छ।
नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि केही दिन प्रभावित भएको ढुवानीका कारण त्रसित बनेका सवारी चालक पप्प खुलेसँगै बिहानैदेखि लाममा छन्।
पेट्रोल अभाव हुन्छकी भन्ने त्रासले मोटरसाइकल तथा साना सवारी चालक पेट्रोल पम्पमा लाइन लागेका छन्। केही दिनदेखि पेट्रोल पम्प बन्द हुँदा पम्पहरू खुलेसँगै सवारीको चाप बढेको हो।