काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनको मतदान स्थलमा पत्रकारमाथि प्रहरीले हातपात गरेपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन्।
महाधिवेशनको समाचार संकलन र फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए। जसको विरोमा पत्रकारहरूले भुइँमा क्यामरा राखेर विरोध जनाएका छन्। कांग्रेसको विज्ञप्ति नआएसम्म क्यामरा डाउन हुने पत्रकारहरूले बताएका छन्।