बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका विमल पौड्यालले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । स्थानीय स्तरमा लोकप्रिय समाजसेवीका रुपमा परिचय बनाएका पौड्यालले आफ्नो वडालाई विकास र संमृद्धिको नमुना वडा बनाएर देखाउन नै अध्यक्षमा उम्मेदवारी दिएको बताए ।
आफू देश विदेश घुमेर विकासमा विभिन्न मोडेलहरुको अध्ययन गरेकोले पनि आफ्नो माटो र भूगोल सुहाउँदो दिगो विकासमा विशेष जोड दिने उनले बताए । विगत ३० वर्षदेखि नेपाली कांग्रेसको कृयाशील सदस्य भइ जनताको सेवामा निरन्तर लागिरहेको बताउँदै आफ्नो कामको मूल्यांकन गरेरै पार्टीले टिकट दिएको बताए । उनले वडामा आफू निर्वाचित भएमा जनसरोकारका काममा आफू अहोरात्र खट्न तयार रहेको बताए ।
उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सिंचाई तथा खानेपानी खेलकुद, पर्यटन, युवा उद्यम तथा रोजगार, सामाजिक सुरक्षा सुशासन, सहकारी महिला उत्थान तथा सशक्तीकरण लगायतका विषयलाई आफूले विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
हाल बाह्रबिसे बजारबाट आफ्नो वडासम्म जाने सडक कालोपत्रे भए पनि यस बाटोबाट विभिन्न गाउँटोलमा जाने कच्ची सडकलाई स्तरोन्नति गर्ने, वडामा रहेका दीर्घरोगी तथा अशक्तललाई घरमै निःशुल्क औषधि वितरण गर्ने, एक घर एक खानेपानी धाराको ब्यवस्था गर्ने, कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्ने तथा गरिब जेहन्दार विद्यार्थीलाई था प्रोत्साहान प्रदान गर्ने, वडाको प्रमुख पेशाको रुपमा रहेका कृषिलाई आधुनिकीकरण गर्दै निर्वाहमुखी भन्दा ब्यवसायिक कृषिमा जोड दिने, कृषि औजार तथा मलखाद ,बिउ विजनमा अनुदानको व्यबस्था गर्ने, युवालाई उद्यमशीलतामा जोडेर रोजगारीको सिर्जना गर्ने बतावरण बनाउने कुरालाई पनि उनले समेटेका छन् । यस वडामा रहेका पर्यटीय ठाउँहरुको पहिचान गरेर ब्यवस्थित गर्ने, बडालाई बिजुलीको नाङ्गो तारमुक्त बनाउने, सडक बत्तीको ब्यबस्थापन गर्ने, वडामा विकासका योजनाहरु छनौट गर्दा समानुपातिक र क्षेत्रगत सन्तुलनका आधारमा गर्ने, यस्ता कुराहरुमा छलफल गर्दा सकेसम्म सबैलाई सहभागी गराई पार्टीभन्दा माथि उठेर काम गर्ने वातावरण मिलाउने कुरालाई पनि उनले आफ्नो कार्ययोजनामा समेटेका छन् ।
यस्तो छ उनको प्रतिवद्धता