लामोसाँगु ।नेपाल बिद्यार्थी संघ सुनकोशी क्याम्पस इकाईद्वारा आयोजित खेलकुद सप्ताह–२०७८ समापन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बिभिन्न प्रतियगितामा बिजयी भएका २५ जना विद्यार्थीलाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा कांग्रेसका युवा नेताहरु युधिर पौडेल, सुबास तिमल्सिना र उमेशलाल प्रधानले क्याम्पसको आजीवन सदस्यताको लागि रु २५–२५ हजारसहित सदस्यता लिने घोषणा गरेका थिए भने सुबाश तिमल्सिनाले क्याम्पसमा अध्यनरत गरिब तथा जेहन्दार १० जना विद्यार्थीहरुलाई १ वर्षको छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।
उनले नै ब्यक्तिगत सहयोगमा क्याम्पसमा ब्याडमिन्टन कोटसमेत निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेका थिए । कार्यक्रममा नेपाली कांग्रस महाधिवेशन प्रतिनिधि युधिर पौडेल, बलेफी गापा ८ का सभापति युवा नेता सुबाश तिमल्सिना, पूर्व स्वबियु सभापति जय श्रेष्ठ, युवा नेता उमेशलाल प्रधान, चित्र कुमार मिजार, क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्य, उपप्राध्यापक शिक्षकहरु, अध्ययनरत विद्यार्थीहरुको उपस्थिति थिए ।
उक्त खेलकुद कार्यक्रमको समन्वय सनिल काफ्लेले गरेका थिए भने साजन लामाले संयोजकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको अध्यक्षता नेपाली कांग्रस जिल्ला सदस्य तथा ने.बि. संघ सभापति रबिन बि.क. गरेका थिए ।


