काठमाडौं । आज चीनका विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । । तीन दिने नेपाल बसाइको क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् ।
द्धिपक्षीय छलफलका क्रममा उनले बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर नेपालसँग छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सन्चालन, २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको बेला भएका सम्झौता कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेको छ ।