सन् फ्रासिस्को । आगामी अप्रिल १४ मा अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा नेपाल डे परेड हुँदैछ । मुख्य आयोजक एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझासँग यस परेडका विविध पक्षमा गरिएको कुराकानीको महत्वपूर्ण अंश :
नेपाल डे परेड आयोजना गर्नुको मुख्य उदेश्य के हो ?
एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो । नेपाल र नेपालीहरुको बारेमा संसारलाई चिनाउनु नै यसको मुख्य उदेश्य हो । यस राज्यमा मात्रै करिब ४० हजार भन्दा बढी नेपालीहरुको बसोबास रहेको छ । काम विशेष देश बाहिर बसे पनि हामी सबै नेपालीहरुको संस्कृति, रितिरिवाज, र पहिचानबारे जानकारी दिनु पनि यस परेडको उदेश्य हो । यसैगरी धेरै भन्दा धेरै अमेरिकीहरुलाई नेपालबारे जानकारी गराएर उनीहरुलाई नेपाल भ्रमण गराउनु पनि हाम्रो विशेष उदेश्य हो ।
परेडमा कति सहभागी हुने आकलन गर्नुभएको छ ?
हामीले यस राज्यमा रहेकाहरुमध्ये कम्तिमा पनि पाँच हजार भन्दा बढी नेपालीहरु सहभागी हुने अपेक्षा गरेका छौं । क्यालिफोर्नियामा रहेका ४० वटा भन्दा बढी संघ संस्थालाई औपचारिक रुपमा आमन्त्रण पनि गरिएको छ । अरु राज्यबाट पनि सहभागी हुने नै छ ।
नेपाल डे परेडबारे अलि विस्तृतमा बताइदिनुहोस् न ।
नेपाल डे परेड मुख्य गरी १४ अप्रिलमा सन् फ्रासिस्को सिटी हलबाट सुरु भएर मार्केट स्टीटमा हिड्ने कार्यक्रम हो । यसमा प्रमुख अतिथि अमेरिकी राष्टपति जो बाइडेनको एसिया अमेरिकी सल्लाहकार अजय भुटारिया हुनुहन्छ । उहाँजस्तो उच्च ब्यतित्वलाई हामीले कार्यक्रममा प्रमुख अतिथि बनाउन लागेका छौं । यसका अलवा ६ वटा शहरका मेयर पनि अतिथि हुनुहुन्छ । परेडमा सहभाागी हुन शान्ता क्लाराका मेयर अमेरिकी राष्ट्रपति जो बाइडेनका एसिया अमेरिकी सल्लाहकार अजय भुटोरिया प्रमुख अतिथि हुनुहुन्छ ।
Santa Clara का मेयर Lisa Gillmor, Sunnyvale का मेयर Larry Klein, Richmond का मेयर Eduardo Martinez, Milpitas का मेयर Carmen Montano
Assembly District 26 election candidate Tara Sreekrishnan पनि सहभागी हुनुहुन्छ ।
यस कार्यक्रमको मुख्य आयोजकको रुपमा को रहेको छ ? परेड सम्पन्न गर्न कति लागत लाग्ने अनुमान गर्नुभएको छ ?
यस परेड आयोजना गर्ने मुख्य आयोजक एनआरएनए क्यालिफनोर्निया च्याप्टर,नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्निया, बेष्ट रिजन रहेका छन् । यो कार्यक्रम अमेरिकामा बस्ने सबै नेपालीहरुको साझा कार्यक्रम हो । यसमा पनि कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नको लागि अहोरात्र खटिनुभएका बेस्ट रिजनका विष्णु केसिी, जनजातिका प्रकाश लामा, संघ सस्थाको संयोजक उत्तम कार्की लाई धेरै धन्यवाद भन्न चाहन्छु । कुनै पनि कार्यक्रम सम्पन्न गनृको लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै प्रकारका तयारीहरु गर्न अनिबार्य हुन्छ । झन् त्यसमा पनि नेपाल डे परेडजस्तो विशेष प्रकारको कार्यक्रमका लागि त धेरै कुराको ब्यवस्थापन गर्नुपर्ने हुन्छ । हामीले ठूला पुरस्कार भएका खेलहरु पनि आयोजना गर्न लागेकाले करिब करिब ७० हजार जति डलर खर्च हुने अनुमान गरेका छौं ।
अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
यो अमेरिकामा बस्ने हामी सबै नेपालहरुको कार्यक्रम हो । नेपाल र नेपालीको आफ्नो पहिचान र संस्कृतिलाई जगेर्ना गर्नु सबैको दायित्व हो । अरु समयमा हामीहरु आ आफ्नो काममा नै ब्यस्त हुन्छौं। यस खालका कार्यक्रमले हामीलाई एकताको सूत्रमा बाध्न, आपसी भाइचाराको सम्म्बन्धमा थप सुमधुरता ल्याउन र एकता कायम गर्न मद्धत पुग्ने भएकाले सबैलाई सहभागिता जनाइदिनुहुन हार्दिक आग्रह गर्दछु ।