काठमाडौं । सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचकमा चारी गिरावट आएको छ । आज नेप्से ३४.२१ अंकले घटेर २२०० विन्दुमा झरेको छ। यो विगत १७ महिना यताकै सबैभन्दा तल्लो बिन्दु हो
आज २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता सेयर १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँमा खरिदब्रिक्री भयो। २८ हजार ५०६ पटक सेयर कारोबार भयो।
यसदिन लाइफ इन्स्योरेन्सको सर्वाधिक २।६२ प्रतिशतले सेयर मूल्य घट्यो। होटल एन्ड टुरिजम, हाइड्रोपावर,फाइनान्स र लगानी समूहको सूचक २ प्रतिशत बढीले घट्यो। यस्तै बैंकिङ, ट्रेडिङ, डेभलपमेन्ट बैंक, नन लाइफ इन्सुरेन्स, माइक्रोफाइनान्सको सूचक १ प्रतिशत बढीले ओरालो लाग्यो।
कारोबार रकमका आधारमा नविल बैंक अग्रस्थानमा रहयो। सो बैंकको ४ करोड बढीको सेयर कारोबार भयो।