सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका – ११ का सक्रिय युवाहरुले ‘अब त र तिमी हैन,म र हामी’भन्ने मुल उदेश्यका साथ गाउँ ,समाजका हरेक गतिविधिमा सहभागी जनाइ समुन्नत समाज निर्माणको लागि स्थापना भएको न्यौपानेटार युवा क्लब सामाजिक गतिविधिमा सक्रिय रुपमा लागेको छ ।
विभिन्न समयमा वा चाड पर्वमा अनेकौं कार्यक्रम आयोजना गर्ने सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकामा रहेको न्यौपानेटार युवा क्लबले यसवर्ष पनि माघे संक्रान्तीको दिन पारेर दोश्रो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियोे ‘स्वास्थ्यको ख्याल गरौं रक्तदान गरौं ‘भन्ने मूल नाराका साथ सुरु गरिएको रक्तदानमा ३० जनाले रक्तदान गरेका थिए । गाउँघरमा अहिले पनि रगत दिनु हुदैन भन्ने मान्यता यदाकदा छ त्यो भएर गाउँमानै रक्तदान गर्दा त्यसले समाजमा सकरात्मक सन्देश जाने र यो पुन्यको काम भएकोले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको क्लब अध्यक्ष जयराम न्यौपानेले बताए ।
जेष्ठ नागरिककोहरुको स्वास्थ परिक्षण सहित रगतको महत्वबारे जानकारी गराउँदै उक्त कार्यक्रम सुरु गरिएको थियो । न्यौपानेटार युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि भक्तपुरको प्राविधिक सहयोगमा रहेको थियो ।


