काठमाडौं अनामनगर पूर्वी गेटअगाडि मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ ।
पैदल हिंडिरहेकी ३२ वर्षीया आस्थालाई विहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल उपचार मा भइरहेको छ ।


