काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सबैको भावनालाई समेटेर संघीय निजामती ऐन ल्याउने बताएका छन् । उनले मंगलबार राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफलका क्रममा यस्तो बताएका हुन् ।
मन्त्रालयमा भएको छलफलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी कर्मचारी मञ्च लगायतका पदाधिकारीको उपस्थिति थियो । ट्रेड युनियनका पदाधिकारीले ऐन ल्याउँदा यसअघि उल्लेख भएका आफूहरुको अधिकार कटौती नगर्न सुझाव दिए ।
परामर्श लिने क्रममा मन्त्री मोदीले सबैको भावनालाई एकत्रित गरेर ऐन ल्याउने बताए ।
‘


