काठमाडौं । भारतको मुम्बईमा उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
उनको मुम्बईस्थित नेशनल बर्न सेन्टर उपचार भइरहेको छ । भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार आज बिहानदेखि भण्डारीलाई भेन्टिलेटरबाट बाहिर राखिएको छ ।
“खुसीको कुरा उहाँको ईटी ट्यूव निकालिएको छ, अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ,” कँडेलले भनेका छन्, “अहिले पनि ट्रयालमै राखिएको हो । डाक्टरहरुको योजनाअनुसार अक्सिजनको मात्र १५ लिटरलाई घटाउँदै लगिनेछ ।”


