काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ दलका नेता सम्मिलित सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ ।
प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्टि«य जनमोर्चाले २ सिटमा दाबी गरेका छन्। दलका दाबीमाथि कार्यदलले छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन।
शीर्ष नेताहरुको बैठकबाट सिट बाँडफाँटको टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएपछि बुधबार बैठक बस्न लागेको हो।


