काठमाडौं । हिमालय एअरलाइन्सले डिसेम्बर २८, २०२३ देखि काठमाडौं–ल्हासा–काठमाडौ उडान सेवा सुरु गरेको छ ।
पहिलो आउटबाउन्ड उडान, H9 774, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८ः४० बजे प्रस्थान गरेको थियो र ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानकोे १२ः०० बजे अवतरण गरेको थियो।
यस उडानको अवधि १ घण्टा २० मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या १३६ रहेको थियो । जनवरी १, २०२४ देखि एअरलाइन्स हरेक सोमबार यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ ।
उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराँती प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा चिनियाँ दूतावासका उपप्रमुख श्री वाङ जिन र अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्स्का अध्यक्ष, श्री झोउ एनयोङले स्वागत गरेका थिए ।
वाङ जिनले नयाँ सुरु गरिएको रुटले नेपाल र चीनलाई जोड्ने यातायात सञ्जालमा महत्वपूर्ण प्रगतिको रूपमा प्रतिनिधित्व गरेको उल्लेख गर्दै सारमा, यसले नेपाल र चीनबीचको व्यापार, पर्यटन र समग्र द्विपक्षीय सम्बन्धका लागि फराकिलो र थप विविध नेटवर्कमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
हिमालय एअरलाइन्स्का प्रवक्ता समेत रहनुभएका भाइस प्रेसिडेन्ट श्री विजय श्रेष्ठले हिमालयको मुख्य उद्देश्य चीनका १० वटा विभिन्न पर्यटकीय गन्तव्यमा उडान सञ्चालन गरी १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्नु रहेको बताए ।