काठमाडौं । निर्वाचन आयोगले आजदेखि आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आचारसंहिता लागू हुने जनाएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको आयोगले जनाएको छ ।
नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्तिलगायतलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ।


