काठमाडौं । आज पनि नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक जारी रहने छ ।
बिहीबारको पहिलो दिनको बैठकमा बोल्न बाँकी सभापतिहरुले आज आफ्ना धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
बिहीबारको बैठकमा ४२ जिल्लाका सभापति र १८ जिल्लाका प्रतिनिधिहरुको सहभागिता थियो । वर्षा र बाढी पहिरो लगायतका कारणले उपस्थित हुन नसकेका जिल्ला सभापतिहरुलाई जुम मार्फत बैठकमा जोडिएको थियो ।
पार्टीको क्रियाशील सदस्यता वितरणबारे छलफल गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा जिल्ला सभापतिहरूको भेला पहिलोपटक आयोजना गरिएको हो । २७ असारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठक अगाडि राखिएको जिल्ला सभापतिहरुको भेलाबाट पार्टीमा उत्साह बढेको नेताहरुले दाबी गरेका छन् ।


