काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक पार्टी मुख्यालय च्यासल, ललितपुरमा दिउँसो २ बजे बस्दैछ ।
आज बस्ने बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने नेता सुरेन्द्र पाण्डेले बताए ।
एमालेले बैतडीको झुलाघाट देखि पाँचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ । यसका साथै बैठकमा समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।


