काठमाडौं । निरा आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले झापाका विनोद विकलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीसँग थप सोधपुछ गरिरहेको छ । ८ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो ।
उनले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो । कपनमै श्रीमान् योगेन्द्र आचार्य र एक नाबालिग छोरीसँग बस्दै आएकी निराको अज्ञात समूह–व्यक्तिले हत्या गरेका थिए ।


