काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयमा ७ जना कर्मचारीलाई नियुक्त गरेका छन् ।
सचिवालयको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त भएका छन् भने स्वकीय सचिवमा निजामतीतर्फ नवराज ढुङ्गाना र स्वकीय सह–सचिवमा गोकर्ण भट्ट नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी नै रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।


