काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएका गाडी सिस्डोल– बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेको छ ।
काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए ।
स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय यहाँको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन थालिएको थियो । तर, पछिल्लो समय पुनः स्थानीयवासीले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।


