काठमाडौं । खोटाङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खोटाङको नातिङ बिर्ता वरिपरि केन्द्र बनाएर बिहान ८ बजेर १३ मिनेटमा ६.० म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो ।
खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।


