काठमाडौं । नेपाली कांग्रेसमा स्ंस्थापनइतर शेखर–गगन समूहको बैठक आज बस्ने भएको छ।
बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने बुझिएको छ। नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरू शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए।
कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ। यसअघि पुस २२ गते बस्ने तय भएको थियो।


