काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले आज काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने भएको छ । अन्तरक्रिया दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा हुने तय भएको छ ।
कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ ।
यसअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन् ।
कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।