काठमाडौं । एआईजी विश्वराज पोखरेलले सरकारले आफूभन्दा १७ महिना जुनियर रहेका धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपीमा नियुक्त गरेको निर्णयविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।
वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।


