काठमाडौं । आज बिहानदेखि देशभरको सामान्यमा बदली आएको छ । आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । “काठमाडौंका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ । दिउँसो पनि केही समय वर्षा हुने र केही समय पानी पर्ने क्रम चलिरहने छ,” मौसमविद् राजु प्रधानाङ्ले भने, “काठमाडौंमा आज सामान्यदेखि मध्यम वर्षा हुने देखिन्छ ।”
प्रधानाङ्का अनुसार आगामी तीनदिन देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि ठूलो भारी वर्षाको सम्भावना छैन ।


