काठमाडौं । भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ । उनी ७५ वर्षका थिए । उपचारका क्रममा विराटनगरस्थित एक अस्पतालमा उनको निधन भएको हो ।
पाँचदिन अघिदेखि उनी झापाको एक अस्पतालमा भर्ना भएका थिए । शनिबार दिउँसो उक्त अस्पतालमै राईको स्वास्थ्यमा झनै समस्या देखिएपछि विराटनगर रिफर गरिएको थियो । विराटनगरमा उपचारकै क्रममा आज बिहान उनको निधन भएको थियो ।


