काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता एक जना यात्रुको खोजी जारी रहेको नेपाली सेनाले जनाएको छ।
दैनिकरूपमा उनको खोजी भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। दुर्घटनास्थलको कठिन भौगोलिक अवस्था तथा शव जल्नुका साथै टुक्रिएर छरिएकाले शव भेट्न कठिन भएको उनको भनाइ छ। ७२ जना सवार उक्त विमान माघ १ गते पोखरास्थित सेती नदीको खोँचमा खसेको थियो।


