काठमाडौं । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बैकले आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ०५ पैसा र बिक्री दर १४१ रुपैयाँ ६९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९९ पैसा र बिक्री दर १५९ रुपैयाँ ७१ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


