काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ। सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकुटीले जानकारी दिए।
आफूहरुले सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छिटो उपनिर्वाचन गर्न माग गरेको बताउँदै वैशाख १० मा घोषणा गरिएकोमा स्वागत गरेको बताए। उपनिर्वाचनका लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको पनि उल्लेख गरे।
यसैगरी, रास्वपा केन्द्रीय समितिमा १६ जना थपेर ४० पुर्याइएको छ। थप्ने क्रम जारी रहने बुर्लाकोटीले जानकारी दिए।


