काठमाडौं । पहिरोले पुरिएर ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ । गए राति खसेको पहिरोमा परेर गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको हो ।
फक्ताङलुङ–२ खेजेनिममा राती घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पहिरोमा परेर बुबा ७१ वर्षीय राम बहादुर लिम्बु, आमा जसमाया लिम्बु र बहिनीहरु १२ वर्षीया गंगा लिम्बुर जमुना लिम्बुको मृत्यु भएको हो ।
जसमाया गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा रहेको जनाइएको छ । उपाध्यक्ष लिम्बु भने घरबाहिर रहेकाले जोगिएको गाउँपालिका अध्यक्ष राजन लिम्बुले नेपालप्रेसलाई बताए ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रबिन्द्र प्रसाद आचार्यका अनुसार राती २ बजे पहिरो खसेका कारण घरमै पुरिएका हुन्