काठमाडौं । न्यूरोडको सडकपेटी विस्तार विवाद समाधान भएको छ । सरोकारवाला पक्षबीच आज भएको सहमतिपछि विवाद सकिएको हो ।
काठमाडौं महानगरपालिकामा भएको छलफलमा ९ सदस्यीय कार्यदल बनाउने र त्यसले दिएको सुझाव अनुसार मात्रै काम अघि बढाउने सहमति भएको छ ।
सोमबार न्युरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको हो। महानगरका प्रमुख, उपप्रमुख २२, २३ र २४ नम्बर वडाका अध्यक्षलगायतको सहभागितामा भएको छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्ने सहमति भएको काठमाडौं महानगर-२३ का वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिए।
९ सदस्यीय कार्यदलबाट वभिन्न विषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारका बारेमा थप निर्णय हुने उनले बताए।
त्यसअघि फुटपाथ विस्तार गर्ने क्रममा महानगर र स्थानीयबीच विवाद भएको थियो।