काठमाडौं । सरकारले थप २० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम आजैको मितिबाट लागू हुनेगरी २० निर्माण व्यवसायीरआपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।
कार्यालयले कालोसूचीमा राखिएको अवधिसम्म निर्माण व्यवसायीरआपूर्तिकर्ताले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा एक बर्षदेखि तीन बर्षसम्म भाग लिन नपाउने गरी कारबाहीमा परेका हुन ।



