काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकामा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । गाउँपालिका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्षलाई बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।
उपाध्यक्ष गुणवतीदेवी थारूले आफू उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा बुधबार रिट दायर गरेकी थिइन्। रिटको सुनुवाइ गर्दै कायम मुकायम मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले वडाध्यक्षलाई कार्यवाहक दिने गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
गाउँपालिका अध्यक्ष माझीले ग्रामथान(३ का वडाध्यक्ष रमेशकुमार भगतलाई सोमबार कार्यवाहकको जिम्मेवारी दिएका थिए।