काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ ।
शुक्रबार न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै मिश्रलाई उनका कानुन व्यवसायीको जिम्मा लगाएर तत्काल रिहा गर्न आदेश गरेको हो ।
मिश्र गत चैत १५ गते पक्राउ परेका थिए। काठमाडौँको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो।


