काठमाडौं । आज शेयर बजारमा उछाल आएको छ । साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक २६ अंकले बढेको हो ।
आज एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर ७४ हजार ७५२ पटकमा खरिदबिक्रीबाट सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
जोशी हाइड्रो, युनिलिभर नेपाल, पञ्चकन्या माई हाइड्रो, पियोर इनर्जी, बुटवल पावर कम्पनी उच्च गुमाउने शीर्ष स्थानमा रहे । आज १८५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ६३ कम्पनीको सेयरमूल्य घटेको छ ।