काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामछिानेको अनुहार नै कमजोर देखिएको बताएका छन् । ।
बुधबार लामिछानेलाई नख्खु कारागार पुगेर भेटेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार हुँदैछ । तर, उहाँ दुब्लाउनुभएको छ । उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको ।’ रविले प्रचण्डसँग नख्खु कारागार प्रशासनबारे प्रशंसा पनि गरेका छन् ।


