काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमाले लामो समयदेखि सरकारका रहेको भन्दै अब त्यसको समीक्षा गर्नुपर्ने बताएकी छिन् ।
उनले काठमाडौँको थापागाउँमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै एमालेको सरकारयात्राबारे सवाल उठाएकी हुन् ।
‘हिजो २०४६र४७ को आन्दोलनपछि जसरी देशमा एउटा अन्तरिम सरकार बनेको थियो, त्यो सरकारमा पनि यो पार्टीले भाग लिएको थियो । तर त्यसपछि भने चुनावबाट ५० सालपछि निरन्तर यो पार्टी नेकपा एमालले भाग लिइराखेको छ’, भण्डारीले भनिन्, ‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो । त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ रु’


