काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले डिभिजन र योजना प्रमुखहरूलाई कडा निर्देशन दिएका छन् ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि असोज २० गतेसम्म देशव्यापी वर्षा हुने भन्दै चेतावनी जारी गरेपछि त्यसबाट हुने सम्भावित विपद्विरुद्ध तयारी गर्न सम्पूर्ण डिभिजन प्रमुख, योजना प्रमुखलाई आफ्ना कार्यालयका अपरेटर तथा इन्जिनियर लिएर जोखिम क्षेत्रमा पुग्न मन्त्री घिसिङले भनेका हुन्।
उनले नागढुंगा-मुग्लिन, नारायणगढ-मुग्लिन, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्नेलगायत सडकमा बढी तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
दसैँको बिदामा पनि मन्त्री घिसिङ बीपी राजमार्ग अनुमगनमा खटिएका थिए।


