काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रित नरहेको आरोप लगाएका छन् ।
प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको बताए । तर, नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताए ।
निर्वाचन आयोगले मात्रै चुनावको कुरा गरेर चुनाव नहुने भन्दै पोखरेलले सरकार पनि गम्भीर हुनुपर्ने बताए । पोखरेलले प्रतिनिधिसभाको पुनर्स्थापनाको एजेन्डासहित एमाले अहिले जनतामाझ गइरहेको उनको भनाइ छ ।


