काठमाडौं । निकै लामो छलफलपछि ईश्वर पोखरेल समूहले आफ्नो पक्षबाट पदाधिकारीहरुको उम्मेदवार टुंगो लगाएको छ ।
स्रोतका अनुसार अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ। उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ।
उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरी, सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा लगायतको नाम टुंगो लागेको स्रोतले बताएको छ।


