काठमाडौं। आगामी साउन १४ गतेबाट मिड सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओ बिक्री खुला गर्ने भएको छ।
मिड सोलुले सोलुखुम्बु जिल्लामा आयोजनाबाट प्रभावित विभिन्न क्षेत्र तथा गाउँपालिकाका स्थानीयलाई कुल ७ लाख ४७ हजार चार सय कित्ता सेयर जारी गर्दैछ। यस्तै, ७४ हजार ८४० कित्ता भने वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याइएको छ।
कम्पनीले जारी पुँजी एक अर्बको २० प्रतिशत सेयर जारी गर्ने छ। यसैबाट सर्वसाधारणका लागि पनि सेयर बिक्री हुनेछ।
कम्पनीको सेयरमा स्थानीय र श्रमिक दुबैले कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन मिल्छ। स्थानीयले छिटोमा साउन २८ गतेसम्म आवेदन दिनुपर्नेछ।


