काठमाडौं । मंगलबार पनि देशका विभिन्न स्थानमा वर्षा हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (मंगलबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


